आजको मौसम

आजको मौसम

 आज दिउँसो तिर  देशको पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।  मनसुनको अवधि सकिन लागेसँगै तराईका जिल्लामा हुस्सु लाग्न सुरु भएको हो। अहिले लागेको हुस्सु बिस्तारै हट्दै जाने र घाम लाग्ने मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुन अन्तिमतिर भएकाले अब ठूलो वर्षाको सम्भावना छैन ।
आज, भोलि र पर्सि तीन दिनकै मौसम सामान्यतयता सफा रहेको उहाँले बताउनुभयो । तर मनसुनी प्रणाली कायमै रहेकाले पहाडी क्षेत्रका एक दुई ठाउँमा भने हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
गएको १६ गतेसम्मको अवधि भनिए पनि यसपालि मनसुनको अवधि लम्बिएको छ । केही दिनयता मनसुन कमजोर बन्दै गएको छ । तर, बाहिरिन भने बाँकी छ।