सुदूरपश्चिमको राजधानी गोदावरीमा नबन्नुको प्रमुख कारण जग्गाको भोगाधिकार नपाउनु नै हो: सोडारी

सुदूरपश्चिमको राजधानी गोदावरीमा नबन्नुको प्रमुख कारण जग्गाको भोगाधिकार नपाउनु नै हो: सोडारी

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ बहादुर सोडारी सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको अत्तरियामा भौतिक संरचना बनाउन नसकिएको बारे टिप्पणी गरेका छन् । सोडारीले जग्गाको भोगाधिकार नपाएकै कारण  राजधानी तोकीएको ठाउँमा संरचनाहरू निर्माण गर्न नसकिएको बताएका छन् । 

सोडारी मङ्सिर ४ मा सम्पन्न हुन गईरहेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एसका तर्फबाट कैलाली क्षेत्र नम्बर ४  ‘१’ बाट प्रदेश सभाका प्रत्यक्ष तर्फका उम्मेदवार समेत रहेका छन् । 

उनले जमिनको अधिकार सबै सङ्घीय सरकारको मातहतमा रहेकोले भूमिको स्वामित्व नपाएका कारण राजधानी बनाउन नसकेको स्पष्ट पारेका छन् ।  

राजधानी बनाउनका लागी जग्गाको भोगाधिकार दिन हर सम्भव प्रयासहरू गरे पनि असफल भएको स्विकार्दै राजधानी गोदावरीमै बनाउने र गएको पाँच वर्षमा जनताको पक्षमा काम गरेको सोडारीको दाबी रहेको छ ।