कैलालीमा ७ सक्रिय प्रहरी पुरस्कृत, दुई अमर प्रहरी परिवारलाई कदर पत्र सहित नगद सहयोग (फोटो सहित)

कैलालीमा ७ सक्रिय प्रहरी पुरस्कृत, दुई अमर प्रहरी परिवारलाई कदर पत्र सहित नगद सहयोग (फोटो सहित)

धनगढी । कैलालीको धनगढीमा पनि प्रहरीले ६७ औँ प्रहरी दिवस २०७९ मनाएको छ । सोमबार प्रदेश प्रहरी कार्यालयको परिसरमा आयोजना गरिएको कार्यक्रममा ७ जना विभिन्न दर्जाका सक्रिय प्रहरी सम्मानित भएका छन् । भने दुई अमर प्रहरी परिवारलाई कदर पत्र, दोसल्ला सहित नगद सहयोग गरिएको छ । 

६७ औँ प्रहरी दिवस २०७९ को उपलक्ष्यमा सम्मानित हुनेहरूमा प्रहरी प्रशिक्षण स्थल बुडर डोटीमा कार्यरत प्रहरी निरीक्षक रण बहादुर चन्द, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वकिल बहादुर सिंह, सुदूरपश्चिम प्रदेश प्रहरी बिपद व्यवस्थापन गुल्म महेन्द्रनगरमा कार्यरत नरपति भट्ट पुरस्कृत भएका छन् । 

No description available.

No description available.

यस्तै, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक टेक बहादुर चन्द, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी वरिष्ठ हवलदार दिनेश नाथ, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी सहायक हवलदार निना रोकाया र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमै कार्यरत प्रहरी जवान गीता कुमारी विष्ट पुरस्कृत भएका छन् । 

No description available.

No description available.

No description available.

No description available.

No description available.

त्यस्तै, सोही कार्यक्रममा अमर प्रहरी परिवारलाई कदर पत्र, दोसल्ला सहित नगद सहयोग गरिएको छ । जस अन्तरगत सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी दरबन्दी भई सुदूरपश्चिम प्रदेश सरकार आर्थिक मामिला तथा योजना राज्य मन्त्रीको अङ्ग रक्षकको रूपमा पदीय दायित्व निर्वाह गर्ने क्रममा कोरोना भाइरसको सङ्क्रमण भई होम आइसोलेसनमा रहेको अवस्थामा २०७८।१०।१२ गते वीरगति प्राप्त गरेका अमर प्रहरी हवलदार रमेश दत्त जोशी कि श्रीमती बसन्ती कुमारी बडूलाई सम्मान गरिएको छ ।

No description available.

भने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत रहँदा कर्तव्यपालनको सिलसिलामा मिति २०७९।०१।०१ गते कार्यालयको मूल गेटमा ड्युटी खटिएको अवस्थामा एक्कासि बेहोस भई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भई वीरगति प्राप्त गरेका अमर प्रहरी जवान हरेन्द्र सिंह विष्ट कि श्रीमती लावती बिष्टलाई पनि दोसल्ला र नगद सहित सम्मान गरिएको छ । 

No description available.

यस्तै, कार्यक्रममा सहभागी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा पाँच वर्षसम्म प्रहरी समायोजन हुन नसके पनि अब हुने निर्वाचन पश्चात् प्रहरी समायोजन पनि छिट्टै हुने विश्वास व्यक्त गर्दै प्रहरी र प्रहरीको अनुसन्धानलाई अहिलेको युग अनुसार आधुनिक बनाउनु पर्नेमा जोड दिएका छन् । 

No description available.

उक्त समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री त्रिलोचन भट्ट, विशिष्ट अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रण बहादुर रावल रहेका थिए । यसका साथै, प्रदेश प्रहरी प्रमुख मोहन कुमार आचार्यले स्वागत मन्तव्य राखेका थिए । भने कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक गौरी जैशीले गरेका थिए ।  

No description available.