६७ औँ प्रहरी दिवस : प्रहरी निरीक्षक शाहीसहित ३ प्रहरी सम्मानित

६७ औँ प्रहरी दिवस : प्रहरी निरीक्षक शाहीसहित ३ प्रहरी सम्मानित

दार्चुला । नेपाल प्रहरीको ६७औं स्थापना दिवसका अवसरमा प्रहरी कर्मचारी र सहिद अमर प्रहरी परिवारलाई सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी निरीक्षक राजेश शाहीसहित तीन प्रहरी कर्मचारी सम्मानित भएका छन।

सम्मानित हुनेहरुमा प्रहरी निरीक्षक राजेश शाही, सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगरका प्रहरी सहायक निरीक्षक दान बहादुर साउद र प्रहरी जवान रोहित कुमार रोकाया रहेका छन् । ६७ औ प्रहरी दिवसको अवसरमा आयोजित  कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले उनीहरुलाई सम्मानित गरेका हुन् ।

यस्तै अमर प्रहरीका परिवारलाई सम्मान गरिएको छ । नेपाल प्रहरीमा कर्तव्यको सिलसिलामा निधन भएका अमर प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण गरि परिवारलाई कदर पत्र दिएर सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेयले जानकारी दिए । यस्तै भूतपूर्व ९० वर्षिय प्रहरी जवान दिलानन्द बडूलाई समेत सम्मान गरिएको छ ।