कैलालीमा एक चोर गरगहना र नगद चोरेर भाग्दाभाग्दै खुट्टा भाँचिएपछि पक्राउ

कैलालीमा एक चोर गरगहना र नगद चोरेर भाग्दाभाग्दै खुट्टा भाँचिएपछि पक्राउ

कैलालीमा पाँच तोला बराबरका सुनका गरगहना र नगद चोरी गरेर भाग्ने क्रममा दुर्घटनामा परेर युवक घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्लाको जानकी गाउँपालिका–७ को गोलौरीका शंकरप्रसाद शर्माको घरबाट गरगहना र नगद चोरी गरेर भाग्ने क्रममा जोशीपुर गाउँपालिका ४ बस्ने ३५ वर्षीय इमरान हसन आफैले चलाएको मोटरसाइकल दुर्घटनामा परेर घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर बाया खुट्टा भाचिएर घाइते अवस्थामै पक्राउ परेका उनको प्रहरी निगरानीमा राखेर टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

निजले शर्माको घरबाट चोरी गरेर लगेका सुनका ब्रासलेट, जुली, तिलहरी, झुम्का, औँठी, मंगलसुत्रसहितका गरगहना र ६२ हजार ५३२ रुपैयाँ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।