धनगढीका मुख्य सडकका संरचना खाली गर्नु भयो त ? छठ लगत्तै उप-महानगरले भत्काउने

धनगढीका मुख्य सडकका संरचना खाली गर्नु भयो त ?  छठ लगत्तै उप-महानगरले भत्काउने

धनगढीको मुख्य सडक वरीपरीका संरचना भत्काउने तयारी भएको छ । उप महानगरले सडक फराकिलो बनाउने योजना सहित भत्काउने तयारी गरेको हो । छठ पर्व लगत्तै सडक क्षेत्रभित्र पर्ने संरचना हटाउने उप महानगरले जनाएको छ ।

प्रदेशको अस्थाई मुकाम र मुख्य सहरका रुपमा रहेको धनगढी मुख्य बजार साघुँरो सडकका कारण अस्तब्यस्त हुन थालेपछि उप महानगरले सडक चौडा बनाउने योजना ल्याएको थियो ।

सोही योजना अनुसार छठ पर्व लगत्तै सडक क्षेत्रभित्र पर्ने संरचना हटाउने उप महानगरले जनाएको छ । उप महानगरले कैलाली पुलदेखी क्याम्पसचोकसम्मको मुख्य सडकको दायाँबाँया रहेका संरचना हटाउन निर्देशन दिइसकेको छ ।

सडकको दायाँबायाँ १५/१५ मिटर क्षेत्राधिकारभित्र पर्ने भौतिक संरचना असोज मसान्तसम्म हटाइसक्न सूचना जारी गरिएको थियो। तर संरचना भत्काउने काम छठपर्वपछि मात्र सुरु हुने उपमहानगरपालिकाका सहरी विकास तथा प्राविधिक शाखा प्रमुख दिजराज भट्टले बताए।

सडक चौडा बनाउन रेखाकंनको काम जारी रहेको बताउँदै उनले इच्छुक घरधनीका लागि उपमहानगरले प्राविधिक तयारी अवस्थामा राखेको छ बताए । छठ पर्वपछि भने सडक फराकिलो बनाउने निर्णय कार्यान्वयनमा ल्याउने गरी आवश्यक प्रक्रिया अघि बढाइसकेको उनले बताए ।