कैलालीमा एक जना मृत फेला

कैलालीमा एक जना मृत फेला

कैलालीमा एक जना मृत फेला परेका छन्। जिल्लाको टीकापुर नगरपालिका ६ बेलुवा बोझीस्थित पानीको कुलोमा एक जना मृत फेला परेका हुन्।

मृतक सोही ठाउँ बस्ने ४५ वर्षीय हरिगंगा चौधरी रहेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।