कञ्चनपुरमा सांसद पदका दुई जना उम्मेदवारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कञ्चनपुरमा सांसद पदका दुई जना उम्मेदवारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

धनगढी । कञ्चनपुरबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेशसभा सदस्यका उम्मेदवार पल्टु राना र प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मदन दमाईविरुद्ध मुद्धा दायर गरिएको जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयले बुधबार महेन्द्रनगर नगर विकास समितिको जमिन घोटाला प्रकरणमा मुछिएका तत्कालीन अध्यक्ष पल्टु राना र विचौलिया मदन दमाईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरुले मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका थिए । रानाले क्षेत्र नम्बर १ ९१० मा नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्यका उम्मेदवार छन् भने दमाईले स्वतन्त्रबाट प्रतिनिधीसभा सदस्यका लागि क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका छन् । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन ०५९ को दफा २४ बमोजिम बिगोसहित थप कैद सजायको माग दावी गरिएको छ ।

रानालाई ३७ लाख, ९२ हजार बिगो सहित कसुर तथा सजाय मागदावी गरिएको छ भने दमाईलाई ३७ लाख ४६ हजार ८ सय ८० रूपैयाँ बिगो सहित कसुर तथा सजाय माग दावी अख्तियारले गरेको छ ।