देशको आमूल परिवर्तनमा बलायरको भुमिका

देशको आमूल परिवर्तनमा बलायरको भुमिका

अपसकुन हर्ने नजरमा निर्भरता भन्दा दुरदर्शिता लाई कायम गर्ने हो।सत्यबोल्दा तितो  हुन्छ।त्यसमा पनि दाग हुन्छ जस्तैस चन्द्रमा१ विसं २०३३ सालदेखि विधार्थी राजनीतिमा प्रवेश गर्दे २०३६ सालको विधार्थी आन्दोलनका अग्रमोर्चाका कमान्डर थिए बलायर । विस २०४६ सालमा भएको जनआन्दोलनका निकै लोकप्रिय  विद्यार्थी नेता बलायर, ईतिहासका केही डरलाग्दा र साहसि जनक दपर्णहरु अहिलेको समयमा पनि उतिकै चर्चामा रहेका छ्न। २०४६ सालको जनआन्दोलनमाका सुरक्षा समिती संयोजक हुन्।

२०४४, ४५ र ४६ साल बलायरको लागि खुकुरी बर्ष रहे।बिरोधिका खुकुरी र पुलिसका बन्दुकका नाल र लाठीका दागहरु नभएको शरिरमा कुनै अंग छैन अहिलेसम्म त्यस माथि काठमाडौंका कुनै जेल बाँकी रहेनन होला बलायर नबसेको।जनताको हकहित र देशको आमूल परिवर्तनना जहिले,जतिबेला पनि तल्लिन रहने बलायर लाई एकपटक उपल्लो दर्जाको एक जना पुलिस अफिसरले सोधेंछ्न के तपाईंलाई आफ्नो ज्यान खतरामा लाग्दैनरु बलायर भने  बलिदानी त हाम्रो लक्ष्य हो। पञ्चायतको बिरोध नगर, के चाहिन्छ भनेर दरवार बाट अफिसरले खबर ल्याउदा  पनि बलायरले  जवाफ दिए, तपाईं दरबारको जर्नेल हुनुहुन्छ म सडकको जर्नेल हुँ, दरबारका जर्नेल एकदिन सडकमा आउनेछन र सडकको जर्नेललाई सलाम ठोक्नेछन किनकि म आजिवन सडकको जर्नेल हुँ।

ईतिहासका गातामा जनताको स्वतन्त्रताका लागि आफनो रगतले सडक र जेलका भित्ता रंँगाएका निडर,भ्रष्ट र दुरदर्शिता कायम राख्ने नेता बलायर नेपाली कांग्रेसको डोटी जिल्ला सभापति, नेपाली कांग्रेस केन्द्रीय सदस्य, संविधानसभा २०६४ को उम्मेदवार हुदै २०७० सालको द्रोस्रो संविधानसभा निर्वाचनमा डोटी ९१० बाट निर्वाचित हुदै सविधानको हस्ताक्षरकर्ता समेत हुन। बर्तमन प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट डोटी–१ बाट प्रत्यक्ष निर्वाचित सांसद भएपछि बलायरले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। मन्त्री हुँदा पनि थुप्रै कार्यहरू जुन जिबन्त रहने दिगो बिकासमा महत्त्वपूर्ण योगदान रहेको छ। देश र जनताका लागि पार्टीभित्र र बाहिर राजनैतिक दलको नेतृत्वलाई साथ लिई निरन्तर संघर्ष गर्दे बलायरले जहानियाँ, हुकुमी, निर्दलीय, तानाशाहीलाई परास्त गर्नुसँगै जनताको आफ्नो संविधान आफै बनाउनुका  साथै कांग्रेसकै नेतृत्वमा सरकारले जनताको जीवनस्तरमा सुधार ल्याउन सकिने र काङ्ग्रेस नै जनताको एक मात्र सहयात्री भएको भनेर बलायर दत्तचित भएर लागेका छन।

अखण्ड सुदुरपश्चिमका अभियन्ता समेत रहेका वलायर स सुदुरपश्चिमा नेपाली कांग्रेसको संघसंगठन सशक्त बनाउदै स्थानिय चुनावका बेलामा प्रत्येक स्थानीय निकायमा आफै पुगेर जित्ने ध्यायमा लागेका थिए।बलायर प्रदेश सभापति भईसकेपछि प्रदेशको हरेक क्षेत्रमा काग्रेसको प्रभुत्व बढेको जगजाहेर नै छ।घरघर जाऔ काङ्ग्रेस जिताऔ अभियानको प्रदेश भरी नेतृत्व गर्दाको परिणाम स्वरुप सुदूरपश्चिम प्रदेशका ८८ मध्ये नेपाली कांग्रेसले ४० पालिका प्रमुख र ४६ उपप्रमुख पनि कांग्रसकै नेतृत्वमा जिताउदै नेतृत्वको प्रभाव बढाएको प्रमाणित देखिन्छ। स्थानिय चुनाव पश्चात पनि सम्पूर्ण जनप्रतिनिधिलाई सभापति बलायरले स्पष्ट निर्देशन दिदै विकासको मार्गचित्र कोर्न र आर्थिक अभाव हुन नदिन आफु पनि लागिपर्ने बताउदै आएका छन।  

घरघरमा सिंहदरबारकोको परिकल्पना साकार पार्न जनप्रतिनिधिलाई बल पुराउन बलायर दिनरात नभनी खटिरहेका स्पष्ट वक्ताका रुपमा ठानिन्छन। सुदुरपश्चिम प्रदेश भित्र औंलामा गन्न सकिने नेपाली कांग्रेसका नेताहरु मध्य दोश्रो पुस्तामा पर्ने एक दुरदर्शी राजनितिज्ञका रुपमा बलायर छन्। विगत देखि नै निडर, साहासी, कर्मठ, बिकासप्रेमी एबम आफ्नो छुट्टै राजनितिक छवि बनाउन सफल नेता बलायर कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा उठेका छ्न।

डोटीको कुनामा जन्मिएर केन्द्रीय राजनितीमा आफ्नो प्रभाव जमाउने एक गौरबशाली साहसी बिद्यार्थीकाल देखि निस्वार्थ राजनितिक संघर्स गरेको उदाहरणिय ब्याक्तित्व नेता वीर बलायर हुन्।  सिक्नुपर्ने पाठ बि स २०७४ मन्त्री हुँदा पनि पराजित हुनु। हामी छदैछौ,हजुर ढुक्क हुनुहोस् र सामाजिक संजालमा आफ्नो सबैथोक वीर बलाएर लेखेको,भनेको र नजिक हुँदा,आफू नजिक ञजो बाट स्वार्थ लिएको हुन्छ,त्यो मान्छे घर बस्दा वा अर्को पाटिको पैसा खादा नि उ१ त्यो नाम गरेको पनि हजुरको लागि लागेको छ झभनी सुनाउनेको कमि थिएनन्। यो गुनासो होइन ! फकिर प्रेम गर्ने काङ्ग्रेस प्रती मेरो अनुरोध हो। मैले नेपाली काङ्ग्रेसको राजनीति केही पाउला नजिक हुला भनेर गरेको होइन ! देश र जनताको लागि सत्यतथ्यमा बोध गराउन र भाबी पुस्ताको लागि संरक्षणको दियो बाल्न एक बिबेकी नागरिकको कर्तव्यबोध साथै आफू भन्दा माथी जनताको सेबक भएर नमन गर्न हो। त्यसैले हामीले पनि आफ्नो बिबेक र दुरदर्शिता लाई समय अनुकुल भिजाउन सक्छुपर्छ। सम्पुर्णमा सकारात्मक धारणाको सुरुवात हुनु नितान्त जरुरी देखिन्छ।आफ्नो दक्षताले  जीवनयापन गर्न सक्नुपर्दछ। भनिन्छ चुनाब आउदा कार्यकर्ता र जनता मोटाउने दिन चुनाब सकिदा नेता र अन्धभक्त कार्यकता मोटाउने दिनचर्या सुरुवात हुन्छ। त्यहीँ त भैराखेको छैनरु मलाई यो डर छ, वीर बलायर चुनाबमा हार्ने होईनन तर काङ्ग्रेस भित्र बाट हारिने हुन् ! चिन्ता र डर यस्सैमा छ।

जित्ने आधार थुप्रै छन् जुन अबगत छ। तर अगाडी पछाडी हिड्ने,सल्लाहकार,दुइजिब्रे र स्वार्थीहरुले सर्बेछण गर्नु पर्दैनरुहामी संघ कुन खाका छ ! कति युबा छन्,कति बुद्धिजीवी छन् आन्तरिक छलफल गरि,पाटी प्रती आस्थावान र निडर,निस्वार्थ रुपमा हिडिरहेका सयौं युबाहरु समेट्नु नितान्त आवश्यकता छ। अन्यथा यो घातक हुनेछ। बैलेमा ध्यानाकषिर्त गर्नुहोस् होइन भने,सेतो धब्बा लाई कालो हो भन्नेको कमि छैन यहाूँ जुन हिजोआज  मक्टेल गठबन्धन बाट जगजाहेर छ।त्यसैले तन,मन देखि लाग्ने कार्यकर्ता  संघ बसेर चिन्तन र मनन गर्नुहोस् तर देखाउटी,सामाजिक संजालि दाइ यो त्यो भन्ने होइन !आफैं  तल्लिन भएर निपुणता दिन सक्नेको खोजी गरि आफ्नो छवि र जनताको भरौसा जित्नुहोस् अबस्य नै बिरको बिरता युगान्तकारी हुनेछ। जय नेपाल