समानुपातिकतर्फ बन्दसूचीका ५४८ जनाको नाम आयोगले हटाउने

समानुपातिकतर्फ बन्दसूचीका ५४८ जनाको नाम आयोगले हटाउने

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीबाट ५४८ जनाको नाम निर्वाचन आयोगले हटाउने निर्णय गरेको छ ।

जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारी परेका लगायतका कारणबाट अयोग्य भएका ५४८ जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय गरिएको आयोगले जनाएको छ ।