बैतडीको पुर्चौडीमा चितुवाको  आतंक

बैतडीको पुर्चौडीमा चितुवाको  आतंक

बैतडी । बैतडीको पुर्चौडी नगरपालिका  लामनीमा  चितुवाले आतंक मच्चाएको छ । करिब एक महिना देखि पुर्चौडी ८ लामनीमा  चितुवाले आतंक मच्चाएको  हो । 

एक महिना देखि लामनीमा  चितुवाले आतंक मच्चाउदा समस्या भएको स्थानीय  पिताम्बर जोशीले  जानकारी  दिए । गाउँमै  पसेर चितुवाले  गोठमा बाँधेका बाख्रा खाने गरेको उनले  बताए । मंगलबार राती गाउँमा पसेको चितुवाले स्थानीय भुवन राज जोशीका पाँच ओटा बाख्रा मारेको  उनले  बताए । 

उनका अनुसार रातीको समयमा  गोठमा पसेको चितुवाले दुइ ओटा खसि लगेर गएको  र  तीन ओटा बाख्रा मारेर  गएको  छ ।  यस्तै अर्का स्थानीय देव दत्त जोशीका चराउन जंगल लगेका दुइ  बाख्रा चितुवाले खाएको बताइएको छ । 

चितुवाले  बाख्रा मार्न  थालेपछि अहिले  स्थानीय किसानहरु चिन्तीत भएका छन् ।  चितुवाबाट घरपालुवा जनावर जोगाउन रातिको समयमा पहरा दिनुपर्ने अवस्था आएको स्थानीयहरुको  दुखेसो  छ । जंगलबाट चितुवा गाउँमा पसेर  बाख्रा खान थाले पछि स्थानीयहरु अहिले त्रसित बनेका हुन्  ।

गोठबाटै बाख्रा, खसी चितुवाले आक्रमण गरेर लैजान  थालेपछि गाउँमा त्रास फैलिएको स्थानीय जोशीले बताए । चितुवाको बासस्थान नष्ट हुँदै गएपछि चितुवा मानवबस्तीमा पसेर आतंक मच्चाउन थालेको विज्ञहरुको  भनाई  छ ।