फिलिपिन्समा ६.७ म्याग्निच्युडको भूकम्प

फिलिपिन्समा ६.७ म्याग्निच्युडको भूकम्प

उत्तरी फिलिपिन्समा ६.७ म्याग्निच्युडको भूकम्प गएको छ । फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले स्थानीय समयअनुसार मंगलबार राति ११ बज्न एक मिनेट बाँकी हुँदा ६.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको हो ।

भूकम्पले मानवीय क्षति भने पुर्‍याएको छैन । अन्य भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी छ । भूकम्पको इपिसेन्टर लुजोनको मुख्य टापुमा रहेको अब्रा प्रान्तको टिनेग सहरबाट करिब सात किलोमिटर उत्तरपश्चिममा २८ किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।