चाडपर्व मनाउँदा जनस्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

चाडपर्व मनाउँदा जनस्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्व मनाउँदा जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ।

मन्त्रालयले तिहार र छठपर्वजस्ता चाडपर्वमा संक्रमण फैलिनसक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो।  नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको र उक्त भाइरस फैलिनसक्ने भन्दै माक्स लगाउन आग्रह गरेको छ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा ओमिक्रोन सबभेरियन्टको ‘एक्सबिबी’ पहिचान भएको बताए।

उनका अनुसार देशका विभिन्न ठाउँबाट गत साउन २१ देखि असोज २४ गतेसम्म कोरोना भाइरस भएका संक्रमितबाट नमूना सङ्कलन गरेर जिनोमिक पहिचान गर्दा ओमिक्रोन सबभेरियन्ट ‘एक्सबिबी’ पत्ता लागेको हो।