सुदूरपश्चिमबाट २५ जनाको नाम समानुपातिकको बन्द सूचीबाट हट्यो

सुदूरपश्चिमबाट २५ जनाको नाम समानुपातिकको बन्द सूचीबाट हट्यो

निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको बन्द सूची रहेकामध्ये नाम हटाइएका उम्मेदवारहरूको विवरण सार्वजनिक गरेको छ । विभिन्न पार्टीबाट बन्द सूचीमा नाम रहेकामध्ये सुदूरपश्चिमबाट २५ जनासहित ५५० जनाको नाम आयोगले हटाएको हो ।

उमेर नपुगेका, जरिवाना नतिरेका तथा सरकारी नियुक्ति लिएर बसेका लगायतको नाम बन्द सूचीबाट हटाइएको हो। आयोगका अनुसार प्रदेशसभातर्फ सुदूरपश्चिम प्रदेशबाट २५ जनाको नाम बन्द सूचीबाट हटेको छ ।

यस्तै प्रदेश १ मा ४५ जना, मधेस प्रदेशबाट ८४, बागमती प्रदेशबाट ७१, गण्डकी प्रदेशबाट २२, लुम्बिनी प्रदेशबाट ७८, कर्णाली प्रदेशबाट २२ र बन्द सूचीबाट हटेको छ । यसै गरी प्रतिनिधिसभातर्फ २०३ जनाको नाम बन्द सूचीबाट हटेको छ ।