काँग्रेस बैतडीका सभापति र उपसभापति एमाले प्रवेश

काँग्रेस बैतडीका सभापति र उपसभापति एमाले प्रवेश

धनगढी । काँग्रेस बैतडीका सभापति र उपसभापतिले एमाले प्रवेश गरेका छन्। एक कार्यक्रमका बिच उनीहरूले एमाले प्रवेश गरेका हुन् । 

जिल्लाको शिवनाथ गाउँपालिका वडा  नं ५का वार्ड कार्यसमिति सभापति परमानन्द पन्त, वडा नम्बर ६ का उपसभापति बहादुर चन्द र मेलौली नगरपालिकाका नगर कार्यसमिति उपसभापति सहित दर्जन बढी कार्यकर्ताले एमाले प्रवेश गरेका हुन् ।

लामो समयदेखि काङ्ग्रेसमा संगठित रूपमा लागेका उनीहरूले अहिले नेपाली काँग्रेस भित्र वैचारिक स्खलन, पार्टी नेतृत्वको चरम लापरबाही र अवसरवादी चरित्रले प्रजातान्त्रिक आन्दोलनको खिल्ली उडाएकोले काँग्रेस छोड्नु परेको बताएका छन् ।