भाइटीकाका दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिरमा भक्तजनको भिड

भाइटीकाका दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिरमा भक्तजनको भिड

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन मात्र खुला हुने यो मन्दिरमा बिहानैदेखि भाइटीका मनाउने भक्तजनको भिड लागेको हो ।

भाइटिकाको अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् ।

रानीपोखरी क्षेत्रमा विसं २०६३ पछि छठ पर्व पनि मनाउने गरिएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि भने छठ मनाउन बन्द गरिएको थियो ।