थप चारजनामा देखियो कोरोना संक्रमण

थप चारजनामा देखियो कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ। 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार तीन सय ५४ नमुना परीक्षण गर्दा चारजनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६२२ पुगेको छ। 

पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। चाडपर्वका कारण बढी भिडभाड र पारिवारिक जमघट बढी भइरहेकाले आवश्यक सतर्कता अपनाउन पनि मन्त्रालयले आह्वान गरेको छ।