यस कारण गयो धनगढीमा लाइट ?

यस कारण गयो धनगढीमा लाइट ?

धनगढी । धनगढीमा केही समय देखी विद्युत् अवरुद्ध भएको छ । विद्युत् कार्यालय धनगढी वितरण केन्द्रका अनुसार अत्तरिया धनगढी ३३ केभी लाइनको तार टुटेको हुनाले बिद्युत् अवरुद्ध भएको हो ।

विद्युत् सुचारु हुन केही समय लग्ने भएकोले ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति धनगढी वितरण केन्द्रले माफी समेत मागेको छ ।