यी हुन् सुदूरपश्चिमका लागी गठबन्धनका आधिकारिक उम्मेदवारहरू

यी हुन् सुदूरपश्चिमका लागी गठबन्धनका आधिकारिक उम्मेदवारहरू

सत्तारुढ गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनमा आबद्ध साझा उम्मेदवारलाई विजयी गराउन आग्रह गरेको छ ।

गठबन्धनमा आबद्ध दलका तर्फबाट आज जारी गरिएको संयुक्त विज्ञप्तिमा गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गरिएको छ ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका हुन् । 

यस्तै, सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका आधिकारिक उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । 

गठबन्धन गर्दा कतिपय निर्वाचन क्षेत्रमा विवाद देखिएपछि आधिकारिक उम्मेदवारहरूको नामावली शुक्रवार सार्वजनिक गर्नु परेको हो । 

पाँच दलीय गठबन्धनमा प्रतिनिधिसभातर्फ देशका १६३ निर्वाचन क्षेत्रमा चार दलबिच निर्वाचनका लागि गठबन्धन भएको छ । भने लोकतान्त्रिक समाजवादी पार्टीसँग  तराईका जिल्लाहरूमा मात्र तालमेल गरिएको छ । 

यी हुन सत्ता गठबन्धन दलका तर्फबाट सुदूरपश्चिम प्रदेशका लागी प्रतिनिधि सभा अन्तरगतका १६ निर्वाचन क्षेत्र र प्रदेश सभा अन्तरगतका ३२ निर्वाचन क्षेत्रका लागी आधिकारिक उम्मेदवार ।