जिप र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

जिप र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

डोटी। डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किएका छन्। शनिवार दिउँसो शान्तिनगरतिर जाँदै गरेको से १ ज ८१० नम्बरको बोलेरो जिप र विपरीत दिशाबाट आइरहेको सु.प्र.प ०१ ००८ प ८८५१ नम्बरको मोटरसाइकल दिपायल सिलगढी नगरपालिका ६ थाप्ला मोडमा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।

जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। डोटीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टले घाइते हुनेमा कैलालीको गोदावरी नगरपालिका ११ कैलालीका २४ वर्षीय मोटरसाइकल चालक लोकेन्द्र धामी रहेको बताए।

घाइते धामीको दुवै खुट्टामा चोट लागेको र उनको उपचारका लागी जिल्ला अस्पताल डोटीबाट थप उपचारको लागि धनगढी रिफर गरिएको बताए।