फेसबुकले चर्चित एमआरआर ग्रुपलाई बनायो निस्कृय

फेसबुकले चर्चित एमआरआर ग्रुपलाई बनायो निस्कृय

फेसबुकको मेटा कम्पनीले कम्युनिटी गाइडलाइन भोइलेट गरेको आरोपमा एमआरआरलाई निष्कृय बनाएको हो । ग्रुपलाई निस्कृय गरेको भएपनि कुन पोष्ट वा कमेन्टले हो भनेर देखाउनुपर्नेमा त्यसमा कुनै त्यस्तो पोष्ट छैन पनि भनिएको एमआरआरले जनाएको छ ।

एमआरआरका अनुसार गु्रप २०२० मा कारबाहीमा परेको थियो । ‘त्यसपछि हामीले यस पटक त्यस्ता विषयमा निकै निगरानी गरिराखेका थियौं र ग्रुप निस्किृय हुने कुनै पनि त्यस्ता पोष्टहरु ग्रुपमा छैनन्।’एमआरआरले भनेको छ ।

पटक पटक फेसबुकको एआईद्वारा कारबाहीमा पर्नु र गरिएको रिभ्यु रिक्वेस्ट फेसबुकबाट बेवास्ता गरिनु निकै दुस्खद कुरा भएको बताएको छ । एमआरआरले भनेको छ,‘अहिलेलाई हामीले रिभ्यु रिक्वेस्ट गरेका छौं। आशा छ हाम्रो ग्रुप छिट्टै फिर्ता हुनेछ।’

निर्वाचन नजिकिएसँगै उक्त ग्रुपमाथि निगरानी बढाएको थियो ।