पीएम कप : विभागीय क्लव एपिएफ र पुलिसको विजयी सुरुवात

पीएम कप : विभागीय क्लव एपिएफ र पुलिसको विजयी सुरुवात

काठमाडौँमा आजबाट सुरु भएको प्रधानमन्त्री कप एकदिवशीय पुरुष क्रिकेटमा विभागीय क्लव एपिएफ र नेपाल पुलिस क्लवले विजयी सुरुवात गरेका छन् ।

एपिएफले अर्को विभागीय क्लव त्रिभुवन आर्मी क्लवलाई तथा नेपाल पुलिस क्लवले बागमती प्रदेशलाई पराजित गरेको हो । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एपिएफले आर्मीलाई ५६ रनले पराजित गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले ४७.४ ओभरमा सबै विकेट गुमाएर २१९ रन बनाएको थियो । एपिएफका लागि प्रदिप ऐरिले सर्वाधिक ७१ रन बनाएका थिए । उनले ८० बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै ७१ रन बनाएका हुन् ।

त्यस्तै सुन्दिप जोराले अर्धसतक बनाउँदा भुवन कार्कीले २६, शरद भेष्वाकरले १६, मौसम ढकालले १२ तथा अमर रौटेलाले १० रन बनाए ।

आर्मीका लागि विक्रम शोबले ४ विकेट लिँदा शाहव आलम र कुशल मल्लले दुई दुई विकेट र जितेन्द्र मुखियाले एक विकेट लिए । 

२२० रनको लक्ष्य पछ्याएको आर्मी ३२.१ ओभरमा १६३ रनमै समेटियो । आर्मीका लागि हरि चौहानले ६५ तथा  रोहित पौडेलले ५१ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

आर्मीलाई सस्तैमा रोक्न अमर सिंह रौटेलाले चार, कमल सिंह ऐरिले तीन तथा किशोर महतोले एक विकेट लिए । 

त्यस्तै आज मुलपानीमा भएको खेलमा नेपाल पुलिस क्लवले बागमती प्रदेशमाथि १९२ रनको फराकिलो जित निकालेको छ । बागमतीले पुलिसले दिएको २९० रनको लक्ष्य पछ्याउने क्रममा ९७ रनमै समेटिन पुग्यो ।

बागमतीका लागि इशान पाण्डेले सर्वाधिक २४ रन बनाँउदा राम नरेश गिरिले २२, प्रतिश जिशिले १४ र नन्दन यादवले १० रन बनाँउदा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बागमतीलाई सस्तैमा रोक्न दिपेन्द्र सिंह ऐरिले तीन तथा करण केसी, गुल्शन झा र सागर ढकालले दुई दुई विकेट लिए । 

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै २८९ रन बनाएको थिो । पुलिसका लागि सर्वाधिक रन कप्तान दिपेन्द्र सिंह ऐरिले बनाएका थिए । उनले ८२ बलमा ११ चौका र चार छक्का प्रहार गर्दै १०८ रन बनाएका थिए ।

त्यस्तै सुनिल धमला र कुशल भुर्तेलले समान ३७ रन बनाउँदा आरिफ शेखले ३६, योगेन्द्र सिंह कार्कीले १६, पवन शरार्फले १५ र दिलिप नाथले १२ रन बनाए । बागमतीका नन्दन यादवले दुई तथा रामनरेश गिरि, सुर्य तामाङ र सोनु देवकोटाले एक एक विकेट लिए ।