ट्विटरमा मस्कले अर्को ठूलो निर्णय लिए, अब सञ्चालक समितिमा एक्लै

ट्विटरमा मस्कले अर्को ठूलो निर्णय लिए, अब सञ्चालक समितिमा एक्लै

ट्विटरको कमाण्ड सम्हालेपछि एलोन मस्कले एकपछि अर्को ठूला निर्णय लिइरहेका छन् । कम्पनीका भारतीय मूलका सीईओ पराग अग्रवालसहित धेरै कार्यकारीहरूलाई हटाएपछि अब मस्कले कम्पनीका सबै सञ्चालकहरूलाई पनि बर्खास्त गरेका छन् । अब एलोन मस्क ट्वीटरका एक मात्र सञ्चालक बनेका छन् । डेली मेलको रिपोर्टका अनुसार हटाइएका निर्देशकहरूमा मार्था लेन फक्स, ओमिड कोर्डेस्तानी, डेभिड रोजेनब्लाट, प्याट्रिक पिचेट, इगोन फेई(फेई ली र मिमी अलेमेहेउ समावेश छन्।

इलोन मस्कले अक्टोबर २८ मा ट्विटरको नेतृत्व सम्हालेका थिए। मालिक बनेपछि मात्र उनले ट्विटरका सीईओ पराग अग्रवाल, सीएफओ नेड सेगल र कानूनी मामिला-नीति प्रमुख विजया गड्डेलाई कम्पनीबाट बर्खास्त गरेका थिए। त्यति मात्र होइन । मस्कले उनलाई कम्पनीको मुख्यालयबाट पनि निकाले । मस्कले यसै वर्ष अप्रिल १३ मा ट्विटर किनेको घोषणा गरेका थिए । उनले प्रति शेयर ५४.२ डलरमा ४४ अर्ब डलरमा सोसल मिडिया प्लेटफर्म किन्न प्रस्ताव गरेका थिए । तर त्यसपछि स्प्याम र नक्कली खाताहरूको कारण, उनले त्यो सम्झौता होल्ड गरे।

जुलाई ८ मा, मस्कले सम्झौता तोड्ने निर्णय गरे। त्यसको विरुद्धमा ट्विटरले अदालत पुगेको थियो । तर अक्टोबरको सुरुमा, मस्कले आफ्नो अडान परिवर्तन गरे र फेरि सम्झौता पूरा गर्न सहमत भए। यसैबीच, डेलावेयर अदालतले अक्टोबर २८ सम्ममा सम्झौता पूरा गर्न आदेश दिएको छ। इलोन मस्कले एक दिनअघि ट्विटरको अफिस पुगेर सबैलाई चकित पारेका थिए ।