नेकपा एस बैतडी भन्छ, 'प्रदेशसभा क मा आधिकारिक उम्मेदवार नरेन्द्र बिष्टको उम्मेदवारी कायम छ'

नेकपा एस बैतडी भन्छ, 'प्रदेशसभा क मा आधिकारिक उम्मेदवार नरेन्द्र बिष्टको उम्मेदवारी कायम छ'

धनगढी । बैतडी प्रदेशसभा क मा नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) का उम्मेदवार नरेन्द्र बिष्टको उम्मेदवारी कायम रहेको जनाइएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै नेकपा एस बैतडीले  प्रदेश सभा क मा आधिकारिक उम्मेदवार बैतडी कम्युनिष्ट आन्दोलनका संस्थापक बौद्धिक नेता नरेन्द्र बिष्टको उम्मेदवारी कायम रहेको जनाएको हो । 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का बैतडी जिल्ला अध्यक्ष महादेव भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "यही २०७९ साल मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा बैतडीको प्रदेशसभा 'क' मा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका तर्फबाट कमरेड नरेन्द्र विष्ट पार्टीको अधिकारीक उम्मेदवार भएको र प्रचार प्रसारमा उम्मेदवार सहित सम्पूर्ण पार्टीका कार्यकर्ता खटिरहेको बेलामा प्रतिनिधि सभामा गठबन्धन भएको र प्रदेश सभा निर्वाचन क्षेत्र  'क'  मा गठबन्धन नभएको अवस्थामा केही उम्मेदवारहरूले नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेन्द्र विष्टको उम्मेदवारी निष्कृय रहेको भनी गलत प्रचार प्रसार गरिरहेकाले यस्तो प्रचार प्रसार नगर्न र नगराउन हुन सबैमा नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी बैतडी हार्दिक अनुरोध गर्दछौँ । हाम्रो प्रदेश सभा 'क' मा आधिकारिक उम्मेदवार बैतडी कम्युनिष्ट आन्दोलनका संस्थापक बौद्धिक नेता कमरेड नरेन्द्र बिष्टको उम्मेदवारी कायम रहेकाले उहाँलाई चुनाव चिन्ह कलममा मतदान गरी अत्यधिक बहुमतले विजयी गराइदिन हुन बैतडीवासी न्याय प्रेमी दाजुभाइ दिदी बहिनीहरूसँग हार्दिक अनुरोध गर्दछौँ । साथै समानुपातिकतर्फ पनि कलम चिन्हमा मतदान गरिदिन हुन हार्दिक अनुरोध गर्दछौँ"