धनगढी उप-महानगरपालिकाले पनि धनगढीमा सडक चौडा बनाउन मेन रोडमा डोजर चलाएको छ ।
नगरपालिकाका मेयर गोपाल हमाल आफै उपस्थित भएर पूर्व सूचना अनुरूप सडक आसपासका संरचना भत्काउन थालेका हुन् ।
सडकको दायाँबायाँ १५/१५ मिटर क्षेत्राधिकारभित्र पर्ने भौतिक संरचना असोज मसान्तसम्म हटाइसक्न सूचना जारी गरिएको थियो।