थपिए ५९ जना कोरोना संक्रमित

थपिए ५९ जना कोरोना संक्रमित

देशभर पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ४२ जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार ६ सय २ जनाको पीसीआर र २ हजार ४० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज (बुधबार) २१ जना काेराेना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ सय ५३ जना सक्रिय संक्रमित रहेका छन् ।त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।