आज कस्तो रहनेछ देशको मौसम ?

आज कस्तो रहनेछ देशको मौसम ?

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले  देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी प्रदेशमा राति पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

भोलि पनि देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ । भोलि देशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।