नेपालमा आज थप ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा आज थप ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा आज थप ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई ३१२ जनाको नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

आज २३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने कसैको मृत्यु भएको खबर छैन । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७५ रहेको छ ।