प्रचण्डविरुद्ध उठेका गोरखा कांग्रेसका ‘शताब्दी पुरुष’ले गरे एमालेका अब्दुसलाई समर्थन

प्रचण्डविरुद्ध उठेका गोरखा कांग्रेसका ‘शताब्दी पुरुष’ले गरे एमालेका अब्दुसलाई समर्थन

२०७२ सालको महाभुकम्पको इपिसेन्टर गोरखा यसपटक माओवादी अध्यक्ष प्रचण्डको उम्मेदवारीसँगै चुनावी इपिसेन्टर पनि बनेको छ । यहि इपिसेन्टरका एक चर्चित पात्र हुन् गोरखा कांग्रेसका ‘शताव्दीपुरुष’ टिकादत्त पोखरेल ।

गोरखा । २०७२ सालको महाभुकम्पको इपिसेन्टर गोरखा यसपटक माओवादी अध्यक्ष प्रचण्डको उम्मेदवारीसँगै चुनावी इपिसेन्टर पनि बनेको छ । यहि इपिसेन्टरका एक चर्चित पात्र हुन् गोरखा कांग्रेसका ‘शताव्दीपुरुष’ टिकादत्त पोखरेल ।

‘प्रचण्डलाई जसरी हुन्छ, हराउनुपर्छ । कहाँ हो कहाँको व्यक्ति आएर चुनाव लडेर यहाँको विकास कसरी हुन्छ ?’ उनले भने, ‘चुनाव लड्न कहीँ सकिँदैन भनेर यहाँ आएका हुन् । भेडा बाख्रा पशु सोचेर जित्छु भनेर आएका छन्, हामी भेंडाले नंग्याएर पठाउन सक्नुपर्छ ।’

मियाँले गोरखाको विकासका लागि पोखरेलसँग सहकार्य गर्न तयार रहेको बताए । गोरखाको नेतृत्व गोरखाले नै गर्नुपर्ने भन्दै मियाँले पोखरेलको साथ आवश्यक रहेको पनि बताए ।