प्रदेश सभाको हिजोको बैठक बिशेष समयमा बोल्दै सासंदहरुद्वारा सरकारको ध्यानाकर्षण

प्रदेश सभाको हिजोको बैठक बिशेष समयमा बोल्दै सासंदहरुद्वारा सरकारको ध्यानाकर्षण

सुदूरपश्चिम प्रदेश सभाको हिजोको  बैठकमा प्रदेश सासंदहरुले बिभिन्न बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सत्तापक्षीय नेकपाको संसदीय दलका सचेतक अक्कल बहादुर रावलले संघीय सरकार केन्द्रीकृत मानसिकताका आधारमा संरचनाहरु चलाइरहेकोले संघीयताको मर्म अनुसार चल्नुुपर्ने बताउनुभयो । उहाँले कर्मचारी समायोजन र खटन पटनमा केन्द्रीकृत मानसिकता देखिएको बताउनुभयो । 

नेपाली कांग्रेसका सांसंद भरत खड्काले सांसद रावलको भनाईमा समर्थन जनाउँदै असिनापानीले जनताको खेतीमा नोक्सान पु¥याएकोले राहत उपलबध गराउन माग गर्नुभयो । 

नेकपाका सासंद पूर्णा जोशीले प्रदेश नम्बर २ का आँधीपीडित जनतालाई राहत हयोग गरेको प्रदेश सरकारलाई धन्याद दँदै आmनो पदेशका पडत जनतालाई कहले राहत दने हो भनि प्रश्न गर्नुभयो । 

प्रदेश सभाको हिजोको बैठकमा बिशेष समयमा नेकपा सासंद चुनकुमारी चौधरीले पनि बोल्नुभएको थियो । प्रदेश सभाको हिजोको बैठकमा प्रदेश लोकमार्ग विधेयक २०७५ लाई दफावार छलफलका लागि अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा पठाउने प्रस्ताव समेत पारित भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले विधेयक विषयगत समितिमा पठाइयोस भन्दै प्रस्ताव गर्नुभएको थियो ।