काँग्रेसले प्रधानमन्त्रीको दाबी गर्नु स्वाभाविक हो : महत (भिडियो)

काँग्रेसले प्रधानमन्त्रीको दाबी गर्नु स्वाभाविक हो : महत (भिडियो)

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश सरण महतले आगामी सरकारको नेतृत्वका लागी काग्रेंसको स्वभाविक दावी रहने बताएका छन् । प्रेस युनियन कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले गठबन्धनको ठुलो दल भएका कारण काग्रेंसले प्रधानमन्त्रीको दावी गर्नु स्वभाविक रहने बताएका हुन् ।

प्रधानमन्त्रीको लागी गठबन्धनका दलहरुबिच खासै छलफल नभएको बताउँदै महतले अहिले गठबन्धनको ध्यान सिट धेरै जित्नेमा रहेको स्पस्ट पारे । सबैभन्दा पहिला संसदमा बहुमत ल्याउने गरी गठबन्धन चुनावमा होमिएको उनले बताए । एउटै दलले बहुमत ल्याउन कठिन रहेको विश्लेषण गरेका महतले कांग्रेसले ८० भन्दा बढि सिट जित्नेमा दाबी गरे । उनले गठबन्धनले बहुमत ल्याउने बताए ।

महतले मंसिर ४ को निर्वाचनमा गठबन्धनको पक्षमा बहुमत आउने दाबी गरेका छन् । देशब्यापी गठबन्धनका पक्षमा जनलहर चलेको बताउदै डा.महतले गठबन्धनले बहुमत प्राप्त गर्ने कुरामा कुनै दुईमत नै नभएको बताए ।

महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धेरै सपना बाढेको तर, काम नगरेको आरोप लगाए । रेल ल्याउने, पानी जहाज चलाउने, घरघरमा ग्यास ल्याउने भन्दै सपना बाढेको तर, काम नगरेको महतको भनाइ थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशमा थुप्रै विकासका कामहरू गरेको उनको भनाइ छ । प्रधानमन्त्री देउवाको पहलमा सुदूरपश्चिम प्रदेशमा धेरै विकास भएको भन्दै उनले ओलीले सपना मात्रै बाँडेको तर काम नगरेको आरोप लगाए ।

आगामी सरकारले मुलुकमा स्थिरता दिने र रोजगारी सृजना गर्नेमा विश्वस्त रहन महतले आग्रह गरेका थिए । कांग्रेसले ६८ वर्षमा वृद्ध भत्ता दिएको बताउँदै महतले भने, ‘अब ६५ वर्षमा वितरण गर्न लक्ष्य रहेको बताए ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् :

https://fb.watch/gCV9pWiyuK/