सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री अब खगराज भट्ट नै हो:  शेरबहादुर देउवा

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री अब खगराज भट्ट नै हो:  शेरबहादुर देउवा

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री अब खगराज भट्ट नै हुने नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । 

देउवाले आइतबार डडेल्धुराको जोगबुढामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अब गठबन्धनको मुख्यमन्त्री हुने बताएका हुन् ।  

गठबन्धनको तर्फबाट डडेल्धुराबाट प्रदेश सभा सदस्यका लागि साझा उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका नेता खगराज भट्टलाई अबको मुख्यमन्त्री हुने दाबी देउवाले गरेका हुन् ।