नेपाली सेनासहितका सुरक्षाकर्मीले भूकम्पका घाइतेको उद्धार गर्दै

नेपाली सेनासहितका सुरक्षाकर्मीले भूकम्पका घाइतेको उद्धार गर्दै

डोटीमा गएराति भूकम्पमा परी गम्भीर घाइते भएकाहरुको नेपाली सेनासहितका सुरक्षाकर्मीले उद्धार गरिरहेको छ ।
घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि केही बेरअघि हेलिकप्टरबाट डोटी अस्पताल पुर्‍याएको नेपाली सेनाले जनाएकाे छ । 

No description available.
घाइते पाँचजनाको उपचार जिल्ला डोटी अस्पतालमा भइरहेको छ। पशुचौपायाको पनि उद्धार गरिरहेको देविदल गणका गणपती प्रमुख सेनानी रवि केसीले जानकारी दिनुभयाे । गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो। हाल सम्म भूकम्पमा परेर ६ जनाको मृत्यु भएको छ । 

No description available.