घोडेटारमा ग्यास लिक भएर आगलागी हुँदा एक बालकको मृत्यु

घोडेटारमा ग्यास लिक भएर आगलागी हुँदा एक बालकको मृत्यु

भोजपुरको घोडेटारमा ग्यास लिक भएर आगलागी हुँदा एक बालकको मृत्यु भएको छ ।

हतुवागढी गाउँपालिका -५ शान्त कुमार राईको भान्सा कोठामामध्यरातमा अचानक ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा घाइते हुँदा उपचारको क्रममा ६ वर्षीय छोरा आयुस राईको मृत्यु भएको हो ।

श्रीमती र छोरा आगलागीमा परि गम्भीर घाइते भएका थिए । उनीहरुलाई घोडेटार प्रास्वाकेमा प्राथमिक उपचार गराइएको थियो ।

थप उपचारका लागि धरान घोपा क्याम्पमा लगिएकोमा बिहान छोराको मृत्यु भएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको उनले बताए ।