शनिवार एमाले अध्यक्ष ओली फेरी सुदूरपश्चिम आउँदै: एकै दिन अत्तरिया, लम्की र दिपायलको सभालाई सम्बोधन गर्ने

शनिवार एमाले अध्यक्ष ओली फेरी सुदूरपश्चिम आउँदै: एकै दिन अत्तरिया, लम्की र दिपायलको सभालाई सम्बोधन गर्ने

धनगढी ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कैलालीको अत्तरिया आउने भएका छन् । यही कार्तिक २६ गते चुनावी आमसभालाई सम्बोधन गर्न ओली अत्तरियामा आउन लागेका हुन् ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव धर्म राज पाठकका अनुसार ओली सोही दिन डोटीको दिपायल, कैलालीको लम्की र अत्तरियामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्ने छन् । 

एमाले पार्टीको नेतृत्वले सुदूरपश्चिमलाई विशेष महत्त्व दिएकाले बताइएको छ । भने अत्तरिया स्थित पूर्व रोड बुद्ध मन्दिर नजिक हुने सभा कैलाली क्षेत्र नम्बर ४ पार्टीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्जको क्षेत्र सँगै सुदूरपश्चिम प्रदेशको केन्द्र स्थायी राजधानी तोकिएको पर्ने क्षेत्र पनि हो ।

यस अघि ओलीले कार्तिक १८ गते सुदूरपश्चिमका दार्चुला, बैतडी र कञ्चनपुरमा चुनावी आमसभालाई सम्बोधन गरेर फिर्किएका थिए ।