आजको मौसम कहाँ कस्तो ?

आजको मौसम कहाँ कस्तो ?

हाल देशमा  पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । 

 प्रदेश नं १, बागमती प्रदेश र गण्डकी  प्रदेशको पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश नं १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ । प्रदेश नं १ र गण्डकी  प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम  प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।