आजको मौसम कहाँ कस्तो ?

आजको मौसम कहाँ कस्तो ?

हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । 

देशको पहाडी  भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश  १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने देशको कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरुमा र बाँकी हिमाली भू-भागको एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी  प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम ,कर्णाली, गण्डकी र प्रदेश १ का हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।