धनगढीमा मेनरोड सहित १० किलोमिटर सडक बन्दै

धनगढीमा मेनरोड सहित १० किलोमिटर सडक बन्दै

धनगढी  : एसियाली विकास बैंकको ऋण सहयोगमा धनगढी उपमहानगरपालिकामा सञ्चालन हुने क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत १० किलोमिटर सडक निर्माणको काम थालनी हुने भएको छ । धनगढी उपमहानगरपालिकाले आज पत्रकार सम्मेलन गर्दै क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत धनगढीमा मुख्य बजार क्षेत्र र केही सहायक सडक गरेर १० किलोमिटर सडक निर्माण शुरु गरिने जानकारी दिएको छ ।

पहिलो चरणमा निर्माण हुने १० किलोमिटर सडक मध्ये मुख्य बजारमा चौराहा देखि कैलालीपुल सम्मको १ किलोमिटर ३ सय ८० मिटर सडक बनने छ । २४ मिटर चौडाई कायम गरिएको सो सडकमा बीचमा दुई मिटर डिभाइडर र चार चार मिटर चौडाई सहितको चार लेन सडक निर्माण हुने छ ।

यस्तै सो सडकमा गाडी गुड्ने लेन पछि साइकलयात्रीका लागि दुबै तर्फ दुई मिटर चौडाइको छुट्टै साइकल लेन बनाइने छ । साइकल लेन पछि ढल निकासका लागि ढल बनाइने र त्यसको माथि पैदल यात्रीका लागि फुटपाथ बनाइने क्षेत्रीय शहरी विकास आयोजनाको कार्यान्वयन हेर्ने शहरी विकास कार्यालयका इन्जिनियर श्यामचन्द्र बुढाथोकीले बताउनुभयो । 

इन्जिनियर बुढाथोकीका अनुसार धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ को प्रहरी गण देखि चर्च सम्मको दुई किलोमिटर सडक समेत १० मिटरको चौडाईमा यसै आयोजना अन्र्गत पहिलो चरणमा निर्माण हुने छ । यस्तै धनगढी क्याम्चोक देखि जोखरताल सम्मको ७ सय मिटर लम्बाईको सडक पनि २१ मिटर चौडाईसहित निर्माण हुने छ ।

कायमप्स चोक देखि पशिचम शहद गेट सम्मको साढे तीन किलोमिटर भन्दा बढ लम्बाइ रहेको सडकमा १६ मिटर चौडाई कायम गरेर निर्माण गरिने बुढाथोकले बताउनुभयो । यही आयोजनााले हसनपुरको होटल डिभाोटी देखि पिपलचौतारसम्मको ८ सय ७० मिटर सडकमा पनि १६ मिटर चौडाई कायम गरेर निर्माण गर्ने छ । 

धनगढीको मुख्य बजार जोड्ने मालपोत रोडमा ४ सय ७० मिटर सडक समेत १० मिटर चौडाइ कायम गरि यसै आयोजनाा अन्र्तगत पहिलो चरणमा निर्माण हुने छ । हसनपुरको एउटा भित्री सडक पनि १० मिटर चाई सहित कालोपत्रे गरिने छ । यसको लम्बाई १ किलोमिटर भन्दा थोरै बढी रहेको छ ।

क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयनका लागि छानिएका सडकमा प्रारम्भिक काम सबै सकिएको र अब १५ दिन भित्र टेण्डर आश्वान गर्ने तयारी भइरहेको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताउनुभयो । उहाँले ल्याण्डफिलसाइटमा थोरै विवाद देखिएका कारण ल्यााण्डफिलको काम पछि गरेर पनि सडक निर्माणलाई प्राथमिकतामा राखेर काम शुरु गर्ने तयारी भएको बताउनुभयो ।