सुदूरपश्चिम प्रदेशका कमाण्ड पोष्टका प्रतिनिधिहरूबाट निर्वाचन सुरक्षार्थ तैनाथ सिओबी-पिओबिहरुको निरीक्षण

सुदूरपश्चिम प्रदेशका कमाण्ड पोष्टका प्रतिनिधिहरूबाट निर्वाचन सुरक्षार्थ तैनाथ सिओबी-पिओबिहरुको निरीक्षण

धनगढी । सुदूरपश्चिम प्रदेशका कमाण्ड पोष्टका प्रतिनिधिहरूबाट निर्वाचन सुरक्षार्थ तैनाथ सिओबी-पिओबिहरुको निरीक्षण गरिएको छ ।

आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि बुधवार सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाहरूमा रहेका निर्वाचन सुरक्षार्थ नेपाली सेनाको फौज तैनाथ रहेका २९ वटा सिओबी र ६३ वटा पिओबी हरू को अनुगमन निरीक्षण गरिएको हो । 

सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापाको पहलमा नेपाली सेनाको हेलिकप्टरद्वारा प्रदेश कमाण्ड पोष्टका प्रतिनिधिहरूबाट निरीक्षण तथा अनुगमन कार्यक्रम गरिएको हो । 

उक्त निरीक्षण भ्रमणमा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायण प्रसाद दुवाडी शर्मा, प्रहरी नायब महानिरीक्षक मोहन आचार्य, प्रहरी वरिष्ठ उपरीक्षक विश्व कुमार भट्टराई सहभागी रहेका थिए । 

यस्तै,  प्रदेश कमाण्ड पोष्टका प्रतिनिधीहरुले बैतडी जिल्लाको सिओबी शिवनाथ, बझाङ जिल्लाको सिओबी बागपता, बाजुरा जिल्लाको सिओबी बुढिगंगा र अछाम जिल्लाको पिओबी रामारोशनको स्थलगत निरीक्षण भ्रमण गरेका हुन् । 

निरीक्षण भ्रमणको क्रममा सहभागीहरूले निर्वाचन सुरक्षा वस्तुस्थितिको जानकारी लिनुको साथै निर्वाचनको दौरान आई पर्न सक्ने विविध चुनौतीहरू र तिनलाई समाधान गर्ने उपायहरू सुझाव गरी समन्वयात्मक रूपमा एकीकृत निर्वाचन सुरक्षा योजना मुताबिक परिचालन हुन निर्देशन समेत दिएको  देविदल गणका गणपती प्रमुख सेनानी रवि केसीले जानकारी दिनुभएको छ ।