विश्वकपको उद्घाटन खेल हुने अल बायट स्टेडियम

विश्वकपको उद्घाटन खेल हुने अल बायट स्टेडियम

कतारको अल बायट स्टेडियममा आइतबार साँझ विश्वकप सुरु हुँदैछ। उद्घाटन समारोहपछि यहि रंगशालामा आयोजक कतार र इक्वेडरले पहिलो खेल खेल्दैछन्। 

बाँकी खेल सोमबारदेखि अन्य रंगशालामा हुनेछन्। यो रंगशालामा उद्घाटनपछि समूहचरणका ६ खेल, अन्तिम १६ को एक खेल, क्वार्टर फाइनल र सेमिफाइनलको एक खेल हुनेछ। समूह चरणको नेदरल्याण्ड र कतार, जर्मनी र स्पेन, इङल्याण्ड र अमेरिका, कोष्टारिका र जर्मनीको खेल पनि यही रंगशालामा हुनेछ। 

यो स्टेडियमको नाम कतार र त्यहाँका नागरिकको इतिहाससँग जोडिएको छ। टेन्टजस्तो डिजाइनमा बनाइएको यो स्टेडियममा ६० हजार दर्शक अट्ने क्षमता छ। यो रंगशाला सन् २०२० मा खुलेको हो।