यसरी खिचियो 'ब्ल्याक होल' को पहिलो तस्बिर

यसरी खिचियो 'ब्ल्याक होल' को पहिलो तस्बिर

अन्तरीक्ष विज्ञानमा विशेष चासो राख्नेहरुका लागि 'ब्ल्याक होल' (कालो छिद्र) सधैं कौतुहलको विषय बन्दै आएको छ । यद्दपि अहिलेसम्म यसलाई कसैले पनि देखेको छैन । वैज्ञानिकहरुले भने पहिलो पटक 'ब्ल्याक होल'को तस्बिर खिच्न सफल भएको दाबी गरेका छन् ।

वैज्ञानिकहरुले यसलाई ठूलो उपलब्धि मान्दै ‘ब्रेक थ्रू’ भनेका छन् । विश्वभरको आठ वटा रेडियो टेलिस्कोपको समूहले ब्ल्याक होलको तस्बिर खिच्न मद्दत गरेको हो । 

वैज्ञानिकहरुका अनुसार, यो एक ऐतिहासिक घडी हो र यसले ब्रह्माण्डको रहस्यका बारेमा थाहा पाउने तरिकामा क्रान्तिकारी परिवर्तन आउनेछ । सार्वजनिक भएको तस्बिरमा ग्यास र धुलो देख्न सकिन्छ ।

वैज्ञानिकहरुले जुन ब्ल्याक होलको तस्बिर लिएका छन्, त्यो पृथ्वीबाट पाँच करोड ५० लाख प्रकाश वर्ष टाढा रहेको छ । सैद्धान्तिक रुपमा ब्ल्याक होल यस्तो ब्रह्माण्डीय जाल हो, जसबाट कुनै पनि भौतिक वस्तु पार गर्न सक्दैनन् । यसलाई देख्न पनि सकिँदैन ।

सामान्य सापेक्षताका अनुसार, ब्ल्याक होल यस्तो खगोलीय वस्तु हो, जसको गुरुत्वाकर्षण क्षेत्र निकै शक्तिशाली हुन्छ । यसको आकर्षणबाट प्रकाश मात्र नभई केही पनि बच्न सक्दैन । 

किन भनिन्छ ब्ल्याक होल ?

यसमाथि पर्ने सबै प्रकाशलाई अवशोष गर्ने (सोस्ने) हुँदा यसलाई ब्ल्याक होल भनिएको हो । यसमाथि पर्ने कुनै प्रकाश प्रतिबिम्बित हुँदैन । 

ब्ल्याक होलमा निकै गुरुत्वाकर्षण शक्ति

यूरोपीय अन्तरिक्ष एजेन्सीका खगोलविद् तथा ब्ल्याक होलका विशेषज्ञ पल म्याक्नमाराले ब्ल्याक होलमा धेरै मात्रामा गुरुत्वाकर्षणको शक्ति रहेको बताएका छन् । जसका कारण ताराहरु २० वर्ष लगाएर यसको परिक्रमा गर्दछन् । हाम्रो सौर्य प्रणालीमा आकाशगङ्गाको परिक्रमा गर्न २३ करोड वर्ष लाग्छ । 

५० वर्षदेखि केही चम्किलोपना देखिएको थियाे’ 

यूरोपीयन अन्तरीक्ष एजेन्सीका खगोलविद् तथा ब्ल्याक होलका विशेषज्ञ पल म्याक्नमाराले पछिल्लो ५० वर्षभन्दा बढी समयदेखि वैज्ञानिकहरुले आकाशगङ्गाको केन्द्रमा केही बहुत चम्किलोपना देखेको बताएका छन् ।

ऐतिहासिक घटना

वैज्ञानिकहरुले यसलाई ऐतिहासिक घटना मानेका छन् । यो घटनाले ब्रह्माण्डको रहस्यका बारेमा थाहा पाउने तरिकामा क्रन्तिकारी परिवर्तन आउने वैज्ञानिकहरुले स्वीकार गरेका छन् । 

के देखिन्छ तस्बिरमा ?

ब्ल्याक होलको पहिलो तस्बिर बुधबार सार्वजनिक भएको थियो । तस्बिरकोबीच भागमा कालो रंगको छिद्र छ, जसलाई ब्ल्याक होल भनिएको छ । तस्बिरको बाहिरी घेरामा पहेँलो रङ्ग देखिन्छ । टाढाबाट हेर्दा पहेँलो रङ्गको कुनै हिस्सा घट–बढ भइरहेको देख्न सकिन्छ । तस्बिरको पृष्ठभूमिमा कालो रङ्ग देखिएको छ, जसलाई अन्तरीक्ष भएको बताइएको छ । 

रहस्यमय चीज मध्ये एक ब्ल्याक होल

इभेन्ट होरिजन टेलिस्कोप प्रोजेक्टका निर्देशक तथा हार्वर्ड यूनिभर्सिटीका वरिष्ठ शोधकर्ता शेफर्ड डोलेमनले भने, ‘ब्ल्याक होललाई ब्रह्माण्डको सबैभन्दा रहस्यमय चीजमा सामेल गरिएको छ । अहिलेसम्म अदृश्य रहँदै आएको चीजलाई हामीले देखेका छौं ।’

यसरी खिचियो तस्बिर 

यो ऐतिहासिक तस्बिरलाई इभेन्ट होरिजन टेलिस्कोपको माध्यमबाट खिचिएको थियो । यो अन्टार्टिकादेखि स्पेन र चिलीसम्म विश्वभर फैलिएको ८ वटा रेडियो टेलिस्कोपको नेटवर्क हो । यसका लागि २ सयभन्दा बढी वैज्ञानिकहरु खटिएको थिए ।