कञ्चनपुर ३ मा रमेश लेखक विजयी

कञ्चनपुर ३ मा रमेश लेखक विजयी

प्रतिनिधिसभामा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका रमेश लेखक निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेकी निरुदेवी पाललाई १२ हजार ७७ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लेखकले ३० हजार ५२३ मत प्राप्त गरे । एमालेकी निरुदेवी पालले १८ हजार ४४८ मत पाइन् ।

९७ हजार ८२२ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ५७ हजार ७५८ मत खसेको थियो । जसमध्ये ३ हजार ६९९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।