बैतडी प्रदेशसभा १ (२) मा कांग्रेसका शिवराज भट्ट विजयी

बैतडी प्रदेशसभा १ (२) मा कांग्रेसका शिवराज भट्ट विजयी

बैतडी प्रदेशसभा १ (२) मा नेपाली कांग्रेसका शिवराज भट्ट विजयी भएका छन् ।

भट्ट १७ हजार ५ सय ५३ मत ल्याएर विजयी भएका हुन् । उनका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका लीलाधर भट्ट्ले १६ हजार ७ सय १६ मत प्राप्त गरेका छन् ।

यस्तै राप्रपाका नारायणदत्त जोशीले १ हजार २ सय १ मत, राप्रपा नेपालका प्रेमबहादुर चन्दले २ सय २० मत र नागरिक उन्मुक्ति पार्टीक रेवती बोहोराले १ सय ७० ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बैतडीले जनाएको छ ।