कैलाली भ्रमण बर्षको कार्यक्रम प्रभावकारी हुन सकेन

कैलाली भ्रमण बर्षको कार्यक्रम प्रभावकारी हुन सकेन

कैलाली जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने भन्दै गत बैशाखमा शुरु भएको कैलाली भ्रमण बर्षले जिल्लाको पर्यटन प्रवद्र्धनमा अपेक्षा गरिए अनुसार भूमिका खेल्न सकेको छैन् ।

जिल्ला समन्वय समिति कैलालीको आयोजनामा जिल्लाका सबै स्थानीय तहमा रहेका प्रमुख पर्यटकीय स्थलहरुमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने भनिए पनि बर्षभरी कर्णाली नदीको सेरोफेरोमै कार्यक्रम आयोजना गरि कैलाली भ्रमण बर्ष समापन गरिएको छ ।

२०७५ वैशाख २२ गते कर्णाली चिसापानीमा उद्घाटन गरिएको कैलाली भ्रमण बर्ष चैत २३ गते शनिबार कर्णाली मै समापन भएको छ । जिल्लाका सबै स्थानीय तहमा कार्यक्रम गर्ने भने पनि जहाँ पर्यटकीय स्थल छन त्यहाँ कार्यक्रमको आयोजना नै नगरी कार्यक्रम समापन भएको छ ।

‘पर्यटकीय क्षेत्रको संरक्षण, संवद्र्धन एवं प्रचारप्रसार, कैलाली जिल्ला विकासको मूल आधार’ भन्ने नाराका साथ सुरु भएको भ्रमण वर्षमा यस क्षेत्रका प्राकृतिक तथा धार्मिक पर्यटकीय स्थलको प्रचार–प्रसार गरी पर्यटक भित्र्याउने मूल उद्देश्य रहेपनि कार्यक्रम प्रभावकारी हुन सकेन ।

जिल्लाका सबै स्थानीय तहमा रहेका प्रमुख पर्यटकीय गन्तब्यमा कार्यक्रम आयोजना गर्ने भनिएकोमा अन्तर्राष्ट्रिय महत्वको ताल घोडाघोडी रहेको घोडाघोडी नगरपालिकामा कैलाली भ्रमण बर्षका कुनै पनि कार्यक्रम आयोजना भएनन् । जिल्ला समन्वय समितिले आफ्नो नगरपालिकामा कुनै पनि कार्यक्रमको आयोजना नगरेको मेयर ममता प्रसाद चौधरीले बताउनुभयो ।

घोडाघोडी क्षेत्रमा विभिन्न पर्यटकीय क्षेत्र भए पनि समन्वय समितिले प्रसार प्रचारमा कुनै पनि चासो नदेखाएको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय रामसार सूचीमा सूचीकृत पश्चिम नेपालकै महत्वपूर्ण घोडाघोडी ताल पनि यस नगरपालिका भित्र नै रहेको छ । आफ्नो तर्फबाट भने आफुले प्रसार प्रचारको काम गरेको उहाँले बताउनुभयो । सबै स्थानीय तहमा ककार्यक्रम आयोजना गरिने भनि पनि आफ्नो गाउँपालिकामा कुनै पनि कार्यक्रमको आयोजना नभएको कैलारी गाउँपालिका पनि अध्यक्ष लाजुराम चौधरीले बताउनुभयो ।

भ्रमण बर्षको कार्यक्रम प्रभाबकारी हुन नसकेको उहाँले बताउनुभयो । मन्त्री, सांसद र विभिन्न व्यक्तिहरुकको उपस्थितिमा कार्यक्रम गर्ने भनिए पछि आफुले तयारी गरेको भए पनि अन्तमा कार्यक्रम नै आयोजना नगरिएको  अध्यक्ष चौधरीले बताउनुभयो ।

चिसापानी, सोल्टा, त्रिवेणी, टीकापुर, मोहना नदी क्षेत्रमा पाइने डल्फिन, कैलाली जिल्लामा रहेका तीन दर्जनभन्दा बढी प्राकृतिक ताल, वसन्ता जैविक मार्गमा रहेका ताल, घोडाघोडी क्षेत्रमा पाइने दुर्लभ चरा, गोदावरी धाम क्षेत्र, उत्तर रामेश्वरम शिवपुरी धाम, राजकांँडा क्षेत्र लगायतका पर्यटकीय क्षेत्रका विषयमा भ्रमण वर्षभरि प्रचारप्रसार गरी पर्यटक आाकर्षित गर्ने योजना रहेको थियो ।

तर कैलालीको महत्वपुर्ण धार्मिक स्थल गोदावरीमा पनि समन्वय समितिले कुनै पनि कार्यक्रम नगरेको गोदावरी नगरपालिकाका मेयर हरि सिंह साउदले बताउनुभयो । नगरपालिकाले तीन लााख र गाउपालिकाले दुई लाख रुपैया ककैलााली भ्रममण बर्षका लागि समन्वय समितिलाई तिर्नुपर्ने उहाँले बताउनुभयो ।

समन्वय समितिले सबै स्थानीय तहमा कार्यक्रम गर्नु पर्ने भए पनि काम नगरेको उहाँले बताउनुभयो । कर्णाली नदी किनारको चिसापानी बजारमा उद्घाटन गरिएको भ्रमण बर्षको कार्यक्रम टीकापुर र धनगढी उपमहानगरपालिकाको बेहडाबाबा मन्दिरमा बाहेक अन्य कुनै पनि स्थानीय तहमा कार्यक्रम भएन ।

मोहन्याल गाउँपालिकाको सोल्टा देखि ¥याफ्टिङ शुरु गरेर चिसापानी बजारमा कार्यक्रमको समापन गरिएको छ । पर्यटनको प्रवद्र्धन गर्ने भन्दै करोडौं रुपैया खर्च गरिएको कार्यक्रम प्रभावकारी हुन नसकेको त छदैछ, कर्णाली नदीको सेरोफेरोमै शुरु भएर त्यही समापन सममेत गरिएको छ ।