आज कस्तो रहनेछ देशको मौसम ?

आज कस्तो रहनेछ देशको मौसम ?

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशका तराई भु-भागका केहि स्थानमा हुस्सुरकुहिरो लागेको र बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ।   देशभर मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भु-भागका केही स्थानमा आंशिक बदली रहि बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १ को पहाडी भुभागका केही स्थानमा आंशिक बदली रहि बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।

तराई भु-भागमा हुस्सुरकुहिरो लाग्ने र तापक्रम क्रमिक रुपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनुहुन अनुरोध छ।