बाजुरामा शान्तिपुर्ण मतदान सम्पन्न

बाजुरामा शान्तिपुर्ण मतदान सम्पन्न

बाजुरा । बाजुराको बुढिनन्दा ५ मा शान्तिपुर्ण मतदान सम्पन्न भएको निर्वाचन कार्यलय बाजुराले जनाएको छ । मंसिर ४ गते स्थगित भएको मतदान शनिवार भएको हो ।
९ सय ९९ मतदाता रहेको मतादन केन्द्रमा ५ सय ९७ जनाले मतदान गरेको निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अबस्थिले वताएका छन् । २ सय ८५ जना महिला र ३ सय १२ पुरुषले मतदान गरेको अबस्थिले वताएका छन् । मतदानको समयमा सामान्य विवाद समेत नभएर शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन कार्यालय बाजुराले वताएकोे छ ।

मंसिर ४ गते २८ मत खसेको थियो । मतदना शुरु भएको केही समयमै काँग्रेस र एमाले बिच झड्प हुदा मतदान अधिकृतले मतदान स्थगित गरेको सुचना टास गरेको थियो । निर्वाचन आयोगले मंसिर १० गते पुन निर्वाचन गर्ने गरि चुनाव तोकेको थियो ।

शनिवार सम्पन्न भएको मतदान सँगै बाजुरामा मतदान सम्पन्न भएको छ । तर काँग्रेसले ८ वटा मतदान केन्द्र र एमालेले १५ वटा मतदान केन्द्रमा पुन मतदान हुनुपर्ने माग राखेको छ । मतदान केन्द्र कब्जा भएर फर्जि भोट खसाएको एकअर्काले आरोप लगाएको छ ।

केही मतदान केन्द्र कब्जा भएको जानकारी पछि निर्वाचन आयोगको टोलि बाजुरा अनुगमनमा पुगेको छ । आयोगका सहसचिब तुलसि श्रेष्ठको नेतृत्वमा तिन सदस्यि टोलि बाजुरा पुगेर छानबिन गरिरहेको छ । राजनितिक दल, मतदान अधिकृत, सुरक्षा प्रमुखलाइ भेटेर मतदानको बारेमा बुझिरहेको छ ।