बैतडीमा ६ प्रतिशत भन्दा बढी मत बदर

बैतडीमा ६ प्रतिशत भन्दा बढी मत बदर

बैतडी । मंसिर ४ गते सम्पन्न भएको संसदीय निर्वाचन अन्तर्गत बैतडीमा ६ प्रतिशत बढी मत बदर भएको छ । प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्ष तर्फ ७७ हजार ४६० मत खसेकोमा ४ हजार ९६२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बदर मतको संख्या खसेको मतको ६.४० प्रतिशत रहेको छ । 

यस्तै प्रतिनिधि सभा समानुपातिक तर्फ पनि झण्डै ७ प्रतिशत मत बदर भएको छ । प्रतिनिधि सभा समानुपातिक तर्फ ७७ हजार ७६१ मत खसेकोमा ५ हजार ४२१ मत बदर भएको छ । बदर मतको संख्या खसेको मतको ६।९७ प्रतिशत रहेको छ । यस्तै प्रदेश सभा समानुपातिक तर्फ ७७ हजार ४२३ मत खसेकोमा ५ हजार ५५ मत बदर भएको छ । बदर मतको संख्या खसेको मतको ६।५२ प्रतिशत रहेको सहायक निर्वाचन अधिकृत तीर्थराज आचार्यले बताए । 

प्रतिनिधि सभाको तुलानामा प्रदेश सभा प्रत्यक्ष तर्फ भने कम मत बदर भएको छ । प्रदेश सभा १ मा प्रत्यक्ष तर्फ ४० हजार १५५ मत खसेकोमा २ हजार १३ मत बदर भएको छ । बदर मतको संख्या खसेको मतको ५ प्रतिशत रहेको छ । यस्तै प्रदेश सभा २ मा प्रत्यक्ष तर्फ ३७ हजार २८० मत खसेकोमा १ हजार ८२० मत बदर भएको छ । बदर मतको संख्या ४.८८ प्रतिशत रहेको छ ।