नयाँ वर्षमा घर फर्कनेको घुइँचो

नयाँ वर्षमा घर फर्कनेको  घुइँचो

धनगढी : रोजगारीका  लागि भारत गएका सुदूरपश्चिमेली नयाँ वर्ष नजिकिएसँगै घर फर्किन थालेका छन् । कैलाली कञ्चनपुरको सिमा नाका गौरीफन्टा र कञ्चनपुरको गडडाचौकी बाट  नेपाल फर्किनेको आज भोली घुइँचो लाग्ने गरेको छ ।

काम गर्नका लागि भारत पसेकाहरू बिसु मनाउन घर फर्किन लागेका हुन् । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा नयाँ वर्षलाई बिसु पर्वको रूपमा मनाउने चलन रहेको छ । भारतमा मजदुरी गरेर बिसु मनाउन र गहुँबाली भित्राउन घर फर्केको उनिहरुले बताएका छन ।

तर घर फर्किदा भने सिमा नाकामा सास्ती खेप्नु परेको दुखेसो गरेका छन । गाउँघरमा मजदुरीका अवसर नहुँदा सुदूरका सबै जिल्लाका अधिकांश सर्वसाधारण मजदुरीको लागि भारतका विभिन्न सहरमा जाने गरेका छन् । आफ्नै ठाउमा रोजगारीको अवसर नपाएर  उनिहरु तल्लो स्तरको काम गर्न बाध्य हुने गरेका छन ।

अर्काको देशमा काम गर्दाको दुख त छदै छ अर्को दुख बिभिन्न चार्डपर्वका बेला सिमामा हुने सास्तीले झनै मर्कामा परेका छन । बैतडीका कृष्ण बहादुर बिष्टले  भारतको बेंगलोरमा तिन बर्षे बसाईपछी घर फर्किदा सिमा नाकामा भारतीय सुरक्षाकर्मीले बिभिन्न किसिमका डर धम्की दिई पैसा असुल्ने गरेको दुखेसो गरे  ।

नया बर्ष मनाउन भनेर हसिलो मुहार ल्याएर आएका नेपालीको सिमा नाकामा पुगे पछि अध्यारो हुने नौलो कुरो होईन । प्रदेश सरकारले सुदुर पश्चिमका जनताको लागी लागी परेको र सुदुर पश्चिम प्रदेशमै रोजगारी सिर्जना गर्ने कुरा भाषणमै सिमित गरेको उनिहरुले आरोप लगाएका छन   ।

तर सरकारले आसवासन मात्रै दिएको र पहिलाको जस्तो बाटैमा लुटिने घटना कम भए पनि सिमानाकामा सुरक्षा जाँचका नाममा हुने सास्ती भने अझै उस्तै रहेको महेन्द्रनगरका सन्तोष बिष्ट बताए । समस्या उनिहरुको मात्रै हाईन उहा जस्तै सम्पुर्ण सुदुर पश्मिेलीको हो ।

दशै तिहार जस्ता चार्डपर्वमा अधिकांश नेपालीहरु भन्सारको सहजताका लागि सुरक्षाकर्मीलाई पैसा तिर्नुपरेको बताएका छन  । समस्या अझ धेरै के छ भने आफ्नै नेपालीहरुले पनि भारत बाट आउदै गर्दा अटोरिक्सावालाले पनि आफुबाट दोब्बर पैसा असुल्ने गरेको अछामका हरि भाटले गुनासो  गरे

२ सय लिनु पर्ने मा ५ ६ सय भारु लिने गरेको उनले भने धनगढीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकीबाट दिनहुँ ठुलो संख्यामा  नेपालीहरु नयाँ बर्ष मनाउन घर फर्किरहेका छन् । नाकामा सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बलको संयुक्त हेल्प डेस्क राखिए पनि घर फर्किनेको आवागमनमा सहज हुन सकेको छैन ।

सुदुर  पश्चिम प्रदेशक मुख्य मन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्रीको पद सम्हाले लगत्तै आफु भारत रहँदा धेरै दुख भोगेकोले बर्ष दिनमा सबै युवालाई स्वदेशमा काम गर्ने अवसर जुराउने बताएका मुख्यमन्त्री भट्ट प्रति धेरै युवाहरुको विश्वास थियो ।

तर प्रदेश सरकार गठन भएको बर्ष दिन पुगिसक्दा समेत प्रदेश सरकारले स्वदेशमा काम गर्ने अवसर नमिलाइ दिदा प्रदेश सरकार प्रति असुन्तुष्ट भएका छन । सरकारको गरेको  काममा भन्दा भाषणमा बिताएको भन्दै निराश भएका छन ।