कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ

धनगढी । कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका-३ का ४६ वर्षीय कर्ण विक, मोरङ घर भई हाल गोदावरी -२ अत्तरिया बजारमा होटलमा काम गर्ने ३३ वर्षीय राकेश कोइराला र कृष्णपुर गरपालिका-९ राजघाट बस्ने २४ वर्षीया चन्द्रवती कपड्याल रहेका छन्।

जिल्लाको बेलौरी नगरपालिका-७ बाट सोमबार अटोमा सवार उनीहरुलाई २.९१ ग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

उनीहरु सवार सु.प्र.प.०१ ००१ ह २८१२ नम्बरको अटो नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए।  तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।