बैतडीमा १४ उम्मेदवारको धरौटी जफत

बैतडीमा १४ उम्मेदवारको धरौटी जफत

बैतडी  । बैतडीबाट प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका २२ जना मध्ये १४ जनाको धरौटी जफत भएको छ । निर्वाचनमा कुल खसेको मतको १० प्रतिशत समेत नल्याएका १४ जना उम्मेदवारको धरौटी जफत भएको हो ।

प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका ११ जना मध्ये ९ जनाको धरौटी जफत भएको छ भने प्रदेश सभा(क) र (ख)बाट तीनरतीन जना उम्मेदवार गरी ६ जनाको धरौटी जफत भएको हो ।

प्रतिनिधि सभा सदस्यमा जिल्लामा ७८ हजार ३६९ मत खसकेको थियो । कूल खसेको मतमध्ये १० प्रतिशत समेत मत नल्याउने उम्मेदवारको धरौटी जफत हुने प्रावधान रहेको निर्वाचन कार्यालय बैतडीका प्रमुख माधवप्रसाद फुयालले जानकारी दिए ।

प्रदेश सभा सदस्यका लागि ५ हजार र प्रतिनिधि सभा सदस्यका लागि ५ हजार रुपैयाँ धरौटी कायम थियो ।